Sunday, 16th August, 2026
वि.स.

मकवानपुरको उत्तरी क्षेत्रमा पनि एटिएम सेवा

मकवानपुरको उत्तरी क्षत्रमै थाहानगरमा पहिलो पटक यति डेभलपमेन्ट  बैंकले एटिएम सेवा शुरु गरेको छ । एटिएमको ६ मंसीरमा एक कार्यक्रमकाबीच इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक विरेन्द्र पनेरुले उद्घाटन गरे । 

थाहा नगरपालिकाको थानाबजार शुरु भएको एटिएम सेवाले उत्तरी मकवानपुरबासीलाई निकै सहज भएको छ । एटिएम सेवा शुरु भएपछि बैङ्ङ क्षेत्रमा थप एक खुट्किला अघि बढेको यति विकास बैंककी शाखा प्रमुख संगिता बज्रचार्यले बताइन् । उत्तरी मकवानपुर पर्यटकिय क्षेत्र भएकोले बाहिरबाट आउने पर्यटकलाई समेत सहज हुने पालुङ जेसीजका संस्थापक अध्यक्ष तथा व्यवशायी पुरुषोत्तम ढकालले बताए । 

यति डेभलपमेन्ट बैकले विहान ६ बजेदेखि बेलुका ८ बजेसम्म सेवा प्रदान गर्ने शाखा प्रमुख बज्रचार्यले बताइन् ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०