nakuhine-bastu-sankalan-1706086939.jpg
Sunday, 28th April, 2024
वि.स.
1000043965-1707579226.jpg

बाढी पहिरोमा मृत्यु हुनेको संख्या ९१ पुग्यो, ३८ जना वेपत्ता

बाढी पहिरोबाट मृत्यु हुनेको संख्या ९१ पुगेको गृहमन्त्रालयले जनाएको छ । २५ जना घाइते र ३८ जना वेपत्ता छन् । बाढी पहिरो र डुबानबाट २ हजार ८ सय ४७ घरहरु पूर्णरुपमा क्षति भएका छन् । क्षति भएका अरु बिभिन्न पूर्वाधारहरुको संख्या ३७ सय २७ रहेको गृहमन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानबाट पीडित भएकाहरुको खोज तथा उद्धार गरी राहत प्रदान गर्ने कार्यलाई सरकारले तिव्रता दिएको छ । त्यसका लागि सुरक्षाकर्मीसहित २६ हजार ७ सय भन्दा बढी जनशक्ति परिचालन गरिएको गृहमन्त्रालयको दाबी छ ।

खोज र उद्धारका लागि नेपाली सेनाका ७ वटा र निजी क्षेत्रका ६ वटा हेलिकोप्टर परिचालन गरिएको छ । साथै मोटर बोट रबर बोट लगायतका साधनहरु पनि प्रयोग गरिएको छ ।

मन्त्रालयका अनुसार १२ वटा जिल्लाका बाढी पहिरो पीडितलाई राहत वितरण समेत गरिएको छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)