krishi-4-1744105937.jpg
Sunday, 20th April, 2025
वि.स.
Sram-Suchana-1737867666.jpg

बाढी-पहिरोबाट थाहामा खानेपानी आयाेजनामा मात्रै १ कराेड ६२ लाख बराबर क्षति

IMG_20241006_213528-1728229877.jpg

थाहा नगरपालिका क्षेत्रका २६ वटा खानेपानी आयोजनामा करिब १ करोड ६३ लाख रुपियाँ बराबरको क्षति भएको छ । गत ११ र १२ असोजमा परेको वर्षाका कारण खानेपानी आयोजनाहरुमा क्षति भएको थाहा नगरपालिकाले जनाएको छ । 

वर्षाका कारण आएको बाढि पहरोले खानेपानीका १८ वटा इन्टेकमा क्षति पुगेको छ । त्यसैगरी २४ वटा खानेपानी रिजर्भ ट्याङ्कीमा क्षति पुगेको नगरपालिकाले तयार गरेको प्रारम्भिक क्षतिको तथ्याङ्कमा उल्लेख छ । विभिन्न साइजका गरी १६ हजार १७० मीटर पोलिथिन पाइप क्षति भएको छ भने एक हजार ३२४ मीटर जिआइ पाइपमा क्षति भएको पालिकाले जनाएको छ । 

नगरपालिकाको प्रारम्भिक तथ्याङ्क अनुसार इन्टेकहरुमा भएको क्षति करिब ९ लाख रुपियाँ छ भने रिजर्भ ट्याङ्कीहरुको क्षति मूल्याङ्कन १ करोड ३१ लाख ७५ हजार रुपियाँ रहेको छ । त्यसैगरी पोलिथिन पाइप २० लाख १७ हजार ४५१ र जिआइ पाइपको क्षति मूल्याङ्कन २ लाख १० हजार ४६६ रुपियाँ रहेको नगरपालिकाका सव इन्जिनियर सीताराम ढकालले जानकारी दिए । 

नगरपालिकाको सबै १२ वटै वडाहरुबाट तथ्याङ्क संकलन गरी पालिकामा एकीकृत गरी क्षतिको मुल्याङ्कन गरिएको थाहा नगरपालिकाका सूचना अधिकारी सुरज कुमार भुजेलले जानकारी दिए ।

सूचना अधिकारी भुजेलका अनुसार–‘खानेपानी आयोजनामा भएको क्षति पुर्ननिर्माणका लागि पालिकासंग बजेट अभाव भएका कारण खानेपानी डिभिजन, मन्त्रालय तथा विभागहरुमा अनुरोध गरी पठाइएको छ ।’

क्षतिको पुर्ननिर्माणका लागि पालिकाले सरकारी तथा गैर सरकारी निकायलाई आग्रह गरेको छ ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०