nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बागेश्वरी कृषि सहकारीको तेस्रो साधारणसभा सकियो

मकवानपुर थाहा नगरपालिका वडा नम्बर ७ मा रहेको बागेश्वरी कृषि सहकारी सस्था लिमिटेडको तेस्रो वार्षिक साधारण सभा ३० असोजमा सम्पन्न भएको छ । डाँडागाउ स्थित सहकारीको आफ्नै कार्यालयमा भएको साधारण सभा कृषि सेवा केन्द्रका कृषि प्राविधिक मधुसुदन आचार्यको प्रमुख आतिथ्यमा भएको थियो । 
साधारण सभामा सहकारीका अध्यक्ष दिनेश विष्टले एक बर्ष भरी भएका गति विधि र भाबी नीति तथा कार्य योजना सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यस्ते सस्थाको गतिविधि र प्रगती समेटिएको प्रतिवेदन सचिव लक्ष्मण बर्तौलाले र एक बर्षको आर्थिक प्रतिवेदन कोषाध्यक्ष लक्ष्मण बिष्टले प्रस्तुत गरेका थिए । सभामा प्रस्तुत अध्यक्ष, सचिव र कोषाध्यक्षको प्रतिवेदन पारित भएको छ । सो अवसरमा सस्थाका लेखा सयोजक राजेन्द्र बिष्टले प्रतिबेदन प्रस्तुत गरे ।
साधारण सभामा नेकपा एमाले थाहानगर ७ नंबर वडा अध्यक्ष केदार बिष्ट र स्थानीइ कृष्ण बहादुर बिष्टटले पनि शुभकामना मन्तब्य व्यक्त गरेका थिए । बागेश्वरी कृषि सहकारी किसानहरुको हितका लागि खुलेको बताउँदै किसानलाई सर्व सुलभ  मल  र उन्नत खेतीका लागि सहयोग र सहकार्य गर्ने कार्यलाई निरन्तरता दिइने अध्यक्ष विष्टले प्रतिबद्धता व्यक्त गरे । उनले सहकारीलाई अहिलेको अवस्थासम्म पुग्नका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिए ।