Wednesday, 26th August, 2026
वि.स.

बलात्कार आरोपी शिक्षकसहित दुई जना थुनामा

बालिका बलात्कार गरेको आरोपमा जिल्ला अदालत मकवानपुरले शिक्षकसहित २ अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश जारी गरेको छ । जिल्ला न्यायाधीश खडानन्द तिवारीको मंगलबार बसेको इजलाशले मनहरी गाउँपालिका-६ का २२ वर्षीय अमन लामा तामाङलाई साढे ३ वर्षकी छात्रालाई बलात्कारको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।

 

आफ्नै विद्यालयकी छात्रालाई बलात्कार गरेको आरोपमा प्रहरीले शिक्षक लामालाई गत वैशाख १८ गते पक्राउ गरेको थियो ।यसैगरी १४ वर्षकी बालिका बलात्कारको आरोपमा पक्राउ परेका एक अभियुक्तलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । जिल्ला न्यायाधीश स्वीकृती पराजुलीको मंगलबारको इजलाशले हेटौंडा उपमहानगरपालिका-५ का ३७ वर्षीय हिरालाल चौलागाईलाई हेटौंडा उपमहानगरपालिका-२ की बालिकालाई बलात्कार गरेको आरोपमा थुनामा राख्ने आदेश दिएको हो ।

अभियुक्त चौलागाईले गत वैशाख २२ गते बालिकालाई कोठामा एक्लै भएको अवस्थामा बलात्कार गरेको आरोप लागेको थियो । उनीहरुलाई क्षेत्रीय कारागार भीमफेदी पठाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif