Saturday, 15th August, 2026
वि.स.

बज्रवाराहीमा विद्युत सट हुँदा घरमा आगलागी, क्षतिकाे विवरण आउन बाँकी

IMG_20221023_223457-1666543865.jpg

थाहा नगरपालिकाकाे वडा नम्बर ६ बज्रवाराहीमा बिजुलीकाे तार सट हुँदा घरमा आगलागी भएकाे छ ।

बज्रवाराहीस्थित सरस्वती बजारमा रहेकाे मेघराज बलामीकाे घरमा अघि पाैने नाै बजे आगलागी भएकाे हाे । एक्कासी विद्युत सट भएर आगलागी भएकाे स्थानीयले बताएका छन् ।

आगलागी भएकाे थाहा पाउने बित्तिकै स्थानीयहरु जम्मा भएर आगाे निभाउने प्रयास गरेका थिए । ठूलाे प्रयासपछि आगाे नियन्त्रणमा आएकाे स्थानीयले बताएका छन् । थाहा नगरपालिकाकाे दमकल पनि केहीबेर अघि पुगेकाे छ ।

आगलागीबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif