nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 11th May, 2024
वि.स.
1000043965-1707579226.jpg

बज्रवाराहीमा विद्युत सट हुँदा घरमा आगलागी, क्षतिकाे विवरण आउन बाँकी

IMG_20221023_223457-1666543865.jpg

थाहा नगरपालिकाकाे वडा नम्बर ६ बज्रवाराहीमा बिजुलीकाे तार सट हुँदा घरमा आगलागी भएकाे छ ।

बज्रवाराहीस्थित सरस्वती बजारमा रहेकाे मेघराज बलामीकाे घरमा अघि पाैने नाै बजे आगलागी भएकाे हाे । एक्कासी विद्युत सट भएर आगलागी भएकाे स्थानीयले बताएका छन् ।

आगलागी भएकाे थाहा पाउने बित्तिकै स्थानीयहरु जम्मा भएर आगाे निभाउने प्रयास गरेका थिए । ठूलाे प्रयासपछि आगाे नियन्त्रणमा आएकाे स्थानीयले बताएका छन् । थाहा नगरपालिकाकाे दमकल पनि केहीबेर अघि पुगेकाे छ ।

आगलागीबाट भएकाे क्षतिकाे विवरण आउन बाँकी छ ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)