Friday, 24th April, 2026
वि.स.
Thaha-002-1774415222.gif

फाखेलमा भूकम्पपीडत बालबालिकालाई नगद

nepalese-currency-1474460013.jpg

भुकम्प प्रभावित जिल्लाका पाँच बर्ष मुनिका बालबालिकाहरुका लागि नगद सहयोग कार्यक्रम अन्तर्गत मकवानपुरको फाखेल गाविसमा ५ असोजबाट नगद बितरण कार्यक्रम आज बाटवितरण शुरु भएको छ । 
युनिसेफको सहयोगमा २०६७ मङ्सिर १५ वा सो भन्द्यापछि जन्मेका बालबालिकाहरुको नाममाप्रति बालबालिका चार हजार रुपैयाँ नगद सहयोग उपलब्ध गराएको हो ।
मकवानपुर फाखेलमा कुल ५ सय २ जना बालबालिकालाई नगद उपलब्ध गराइने गाविस सचिव राजकुमार सुबेदीले जानकारी दिए । अहिले छुटेका बालबालिकाको हकमा पछि नामामावली प्राप्त भएपछि रकम बितरण गर्ने गाविसले जनाएको छ ।