Saturday, 15th August, 2026
वि.स.

पुपु म्हेन्दोलाई आग्रास्तरीय भलिबलको उपाधि

थाहा नगरपालिकाको आग्रास्तरीय भलिबल प्रतियोगिताको उपाधि पुपु म्हेन्दो युवा क्लब चिसापानीले हात पारेको छ । थाहा नगरपालिका वडा नम्बर ७ चौवासको थुम्किडाँडामा २२ वैशाखमा सम्पन्न प्रतियोगिता सशक्त युवा क्लबको आयोजना गरेको हो ।

सेभेन स्टार युथ क्लब– सल्लेलाई लगातार तीन सेटमै पराजित गर्दै पुपु म्हेन्दो युवा क्लव चिसापानी उपाधि हासिल गरेको हो । प्रतियोगितामा सशक्त युवा क्लब चौवासले साईनिङ स्टार्स युवा क्लव बतासेलाई पराजित गर्दै तृतीय भएको छ । प्रतियोगिता समापनसंगै थाहा नगरपालिकाका उपप्रमुख खड्ग गोपालीको प्रमूख आतिथ्यतामा एक समारोहको विचमा विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरिएको छ । 

पुरस्कार वितरण समारोहमा बोल्दै नगर उपप्रमुख गोपालीले नगरपालिकाले खेलकुदको दिगो विकासका लागि सोच बनाईरहेको र हरेक क्षेत्रमा भईरहेका विविध प्रतियोगितामा नगरपालिकाको प्रतिनिधित्व तथा चासो चिन्तन भईरहेको बताए । थाहा नगरपालिका पर्यटनसंग जोडिएको र खेलकुद पनि प्रत्यक्ष रुपमा पर्यटनसंग जोडिएको खेलकुदको उचित विकासका लागि आफू संगै सिंगो नगर नै सकरात्मक रहेको पनि बताए । आगामी दिनमा विविध खेलको आयोजना गरेर मात्रै हैन खेललाई प्रभावकारी तरीकाले अगाडि बढाउनका लागि विविध खेल कोच सहित खेललाई अगाडि बढाउनमा आफूले जोड दिईरहेको पनि बताए । 

सशक्त युवा क्लव समूहको अध्यक्ष सुवित्र थिङको अध्यक्षतामा भएको कार्यक्रममा कार्यक्रमका विशिष्ट अतिथि थाहा नगरपालिका वडा नं ७ का वडा सदस्य तथा खेलकुद विकास समिति वडा नं. ७ का संयोजक दिपेन्द्र कुमार थिङले खेलकुद विकासका लागि खेलकुद आयोजना पनि प्रमुख रहेको भन्दै आउँदो विजया दशमीको अवसरमा नगरपालिका वडा स्तरीय प्रतियोगिताको आयोजना गरेर खेलाडी छनौट गरी छनौट खेलाडीको विकासका लागि उचित सोच निर्माण गर्नेमा जोड दिए । 

प्रतियोगितामा प्रथम हुने टिमले नगद रु २० हजार सहित शिल्ड मेडल प्रमाण पत्र, द्वितीय हुनेले १५ हजार शिल्ड मेडल प्रमाण पत्र र तृतीय हुने टिमले नगद रु १० हजार सहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । प्रतियोगिताको निर्णायकमा सरस्वती बालबोधनी माविका उमाकान्त चौधरी र विनयबाबु स्मृति प्रतिष्ठानका किरण गिरीले थिए । प्रतियोगितामा पुपु म्हेन्दो युवा क्लवका राजाराम स्याङ्तान उत्कृष्ट खेलाडी, सशक्त युवा क्लवका राजकुमार थिङ उत्कृष्ट ब्लकर, सेभेन स्टार्सका अनिल मोक्तान उत्कृष्ट लिव्रो, सशक्त युवा क्लवका विशाल मुक्तान उदयमान खेलाडि, र साईनिङ स्टार्स युवा क्लवका एकराज थिङ उत्कृष्ट लिफ्टर घोषित भएसंगै पुरस्कृत भएका छन् । 

पुरस्कार वितरण समारोहमा थाहा नगरपालिका वडा नं ७ कांग्रेस सभापति शिवराज थिङ, सुन्दरी देवी माविका अध्यक्ष विनायक गोले, थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मुक्तान, थाहा नगरपालिका वडा नं ३ का कांग्रेस सभापति विक्रम गोपाली, पूर्व गाविस अध्यक्ष बुद्धिलाल थिङले मन्तव्य व्यक्त गरेका थिए । साहित्यप्रेमी भिमसेन मोक्तानले सञ्चालन गरेको कार्यक्रममा नेपाली कांग्रेसको थाहानगर सदस्य बिर्जुलाल थिङ, हिमशिखर बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष रामचन्द्र थिङ, डाईनामिक एकेडेमीका नविना बल लगायतका उपस्थिति रहेको थियो ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif