nakuhine-bastu-sankalan-1706086939.jpg
Saturday, 27th April, 2024
वि.स.
1000043965-1707579226.jpg

पालुङ क्याम्पसमा साहित्यिक अन्तरक्रिया, डा. लम्साललाई सम्मान

FB_IMG_1704807998277-1704808297.jpg

पालुङ बहुमुखी क्याम्पसले २४ पुसमा साहित्यिक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ ।

वरिष्ठ साहित्यकार डा. नवराज लम्सालकाे उपस्थितिमा कार्यक्रम भएकाे हाे । थाहा नगरपालिकाका प्रमुख  विष्णुबहादुर विष्ट , उपप्रमुख भरत गाेपाली र  नाट्य विधाका प्राज्ञ पुरु लम्सालकाे  विशेष उपस्थित रहेकाे कार्यक्रममा   साहित्यकारहरु, प्राध्यापक, विद्यार्थी,  पालुङ जेसीज, लायन्स क्लव अफ थाहा पिस, लियाे क्लव अफ पिस थाहा लगायतकाे सहभागिता रहेकाे थियाे ।

कार्यक्रममा डा. लम्सालले विद्यार्थीहरुलाई  साहित्य क्षेत्रमा लाग्न प्रेरित गर्दै साहित्य के, किन र कसका लागि भन्ने विषयमा प्रष्ट पारेका थिए । त्यसैगरी प्राज्ञ पुरु लम्सालले स्थानीयतालाई साहित्यमा  जाेड्न सके जीवन्त हुनेमा जाेड दिए । लम्साल र साहित्य विर्खे अञ्जानले स्थानीय प्रज्ञा प्रतिष्ठान गठन गर्नुपर्नेमा समेत जाेड दिए ।

साे अवसरमा मच्छिन्द्र बहुमुखी क्याम्पसका शेखर कार्कीले साहित्यकाे महत्वमाथि प्रकाश पारे ।

कार्यक्रममा थाहानगरका विर्खे अञ्जान, पालुङे चराे, हरिकृष्ण कार्की , गाैतम भद्रध्वज, विराेध रायमाझी, अञ्जय प्रधान, विराज थापा, ईश्वरी कार्की लगायतले रचना वाचन गरेका थिए ।

क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष सुरेन्द्रमान प्रधानले स्वागत गरेकाे कार्यक्रम क्याम्पस प्रमुख राजन मिश्रकाे अध्यक्षतामा सम्पन्न भएकाे थियाे ।

साे अवसरमा डा. लम्साललाई सम्मान पत्र प्रदान गरिएकाे थियाे भने अतिथि तथा साहित्यकारहरुलाई मायाकाे चिनाे प्रदान गरिएकाे थियाे ।



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)