Sunday, 16th August, 2026
वि.स.

पाटनमा थाहाका जेष्ठ नागरिककाे फाेटाे, १० हजार बढीले अवलाेकन गरे

IMG_20230930_192927-1696081504.jpg

राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपालको आयोजनामा थाहा नगरका ज्येष्ठ नागरिकको तस्वीर पाटनमा प्रदर्शनी गरिएको छ । थाहाका गणेश विष्ट, सुरजकुमार भुजेल र मञ्जरी बलामीले खिचेका एक दर्जन ज्येष्ठ नागरिकहरुकाे फाेटाे प्रदर्शनीमा राखिएकाे हाे ।

ललितपुरको पाटन दरबार क्षेत्रमा अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा हिमाल, पहाड र तराईका ज्येष्ठ नागरिकहरुको तस्वीर प्रदर्शनी गर्ने क्रममा थाहाका फाेटाेहरुले उच्च प्राथमिकता पाएकाे कार्यक्रम संयाेजक गणेश विष्टले जानकारी दिए ।

प्रदर्शनीका क्रममा आयोजित कार्यक्रममा ललितपुर महानगरपालिकका मेयर चिरीबाबु महर्जनले ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानको सन्दर्भमा जानेबुझे जति काम गरिरहेको भन्दै यस्तो कामलाई प्रभावकारी बनाउन सहकार्यकासाथ अगाडि बढ्न तयार रहेको बताए । उनले राष्ट्रिय फोटो पत्रकार समूह र एजिङ नेपाललाई आगामी वर्ष यस्तै खालको काम गर्दा महानगरसँग सहकार्य गर्न आग्रह पनि गरे ।

उनले भने, ‘ललितपुर महानगरपालिकाले ज्येष्ठ नागरिकका लागि जाने बुझे जतिकाम गरिरहेको छ । अझै पुगेको छैन । त्यसको लागि तपाईहरुसँग केही उपाय छ भने लिएर आउनुस्, त्यसलाई कार्यान्वयन गर्ने छौं ।’ कार्यक्रममा एजिङ नेपालका अध्यक्ष कृष्ण मुरारी गाैतम( चट्याङ माष्टर) एजिङ नेपालमा निर्देशक प्रकाश गाैतम, राष्ट्रिय फाेटाे पत्रकार समुहका अध्यक्ष प्रदिपराज वन्त, कार्यवाहक महासचिव घनश्याम श्रेष्ठ लगायत संस्थाका पदाधिकारीहरु उपस्थित थिए । फाेटाे प्रदर्शनी कार्यक्रमकाे संयाेजकत्व गणेश बिष्टले गरेका थिए । उनले प्रदर्शनीमा राखिएका तस्बीरहरु एकदमै राम्रो लागेको भन्दै प्रदर्शनको सफलताको कामना गरे । कार्यक्रमलाई १० हजार भन्दा बढिले अवलाेकन गरे । कार्यक्रममा ४० जना फाेटाे ग्राफरकाे ६२ वटा फाेटाे प्रदर्शनीमा राखिएको थियाे ।
कार्यक्रममा जेष्ठ नागरिकको दैनिकी, मिहिनेत, सफलता, पारिवारिक खुशी, संघर्ष तथा सफलता झल्कने तस्वीर प्रदर्शनी गरिने छ । प्रदर्शनीमा राखिने तस्वीरहरुले नयाँ पुस्तामा उत्साह जगाउनको साथै, जेष्ठ नागरिकहरुमा नैरास्यता तथा दुःखीपन हटउन मद्दत गर्ने अपेक्षा गरिएको छ ।

राष्ट्रिय फोटो पत्रकार समूहले यसअघि विभिन्न स्थानहरुमा बालबालिकाको फोटो तथा पर्यटन प्रवर्द्धनात्मक फोटोहरु प्रदर्शनी आयोजना गर्दै आएको छ ।
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०