Thursday, 3rd September, 2026
वि.स.

पहिलो पल्ट जसले रुपचन्द्र विष्ट हराए अहिले काँग्रेस नेतृलाई

मकवानपुर क्षेत्र नम्बर २ बाट नेकपा एमालेका बिरोध खतिवडा विजयी भएका छन् । उनले कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्यायलाई ११ हजार ९६३ मतले हराउँदै खतिवडा विजयी भएका हुन् ।

खतिवडाले ४४ हजार ७ सय ४४ मत ल्याए । पराजित भएकी डिनाले ३२ हजार ६ सय ८१ मत ल्याइन् । योसँगै उनी चौंथोपटक सांसद बनेका छन् । उनी १८ वर्षपछि फेरि संसदमा फर्किएका छन् ।

उनी ०४३ सालमा राष्ट्रिय पञ्चायतमा एमालेका तर्फबाट जनपक्षीय उम्मेदवार बनेका थिए । तर, हारे । त्यसपछि उनी ०४८ सालमा जनमुखी नेता रुपचन्द्र बिष्टलाई पराजित गर्दै सांसद बने । ०५१ को मध्यावधि निर्वाचनमा खतिवडाले कमल थापालाई हराए ।

०५१ सालको मध्यावधि चुनावमा पनि खतिवडाले डिनाको नै सामना गरेका थिए । तर, कांग्रेस सो चुनावमा तेस्रो भएको थियो । ०५६ सालको चुनावमा पनि खतिवडाले तत्कालीन माले नेता हरिण्यलाल श्रेष्ठलाई हराएका थिए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif