Monday, 17th August, 2026
वि.स.

राजनीतिको परिभाषा !

Laxxx-1617285770.jpg

शनिबारको दिनमा पनि नगर प्रमुखलाई फूर्सद छैन।कार्यालय बन्छ छ । र पनि घरमा भेटघाट गर्नेको अेाइरो उस्तै ।सबैले गुनासो क्रमशः राख्दै थिए। पहिलो गुनासो कर्ता -" गाउँमा भएको एउटा मात्रै सरकारी विद्यालय छ , त्यो पनि जिर्ण ।सकिन्छ भने नयाँ भवन निर्माण, नभए मर्मत मात्रै गर्न भएपनि अलिकति बजेट व्यबस्थापन गर्न पाए हुन्थ्यो ! " दोस्रो गुनासोकर्ता-" सधैं खानेपानीको समस्या छ।एक घर एक धारोको नीति कार्यान्वयन गर्न पाए हुने ।" तेस्रो गुनासोकर्ता-" एउटै कुरा कतिपटक भनौं खै ? सिङ्गै नगरपालिकाको एकमात्र प्रमुख सडक, त्यो पनि सधै हरिविजोक।मापदण्डअनुरूपको सडक निर्माण तर्फ लाग्न पाए हुने ! " अन्य गुनासोकर्ताहरूको बोल्ने पालो नआँउदै मेयर सापले आफ्नो धारणा ब्यक्त गर्न थाल्नु भयो- " हामीले आफ्नो नीति ,निष्ठा र इमानदारीतालाई बिर्सेका छैनौं ।विकासको काम अघि बढाउँदै सुशासनलाई कायमगरि भ्रष्टाचार विरोधी अभियानमा नगर सधैं प्रतिबद्ध छ।

आगामी बार्षिक आयोजनामा सबै समस्याको सम्बोधन हुनेछ।" नगर प्रमुखको आश्वासन बोकेर सबै आआफ्नो घर तर्फ लागे। कार्य कक्षमा अचानक दोस्रो हुल देखा पर्यो।ती मध्ये पहिलोले भन्यो-" खाता चेक गर्नुहोला ।स्वास्थचौकी को भवन निर्माणबाट बचत भएको १० लाख रूपैयाँ राखिदिएका छौं ।" हुल मध्येबाट दोस्रोले हात मुसार्दै भन्यो-" ठूलो भेट टक्क्राउँन सकेनौं ।सदरमुकाममा एउटा घडेरी खरिद गरिदिएका छौं ।यातायात ,बिजुली र खानेपानीको राम्रो सुविधा छ।" तेस्रो पनि के कम थियो र, हौसियर भन्दै थियो-" मेयर साप कति चढ्नु हुन्छ पुरानो गाडी । युग परिवर्तन भैसक्यो।मात्र तपाई परिवर्तन नभएको हो ।जनसेवामा सहज होस् भनी नयाँ मोडलको गाडी ब्यबस्थापन गरेको छु। उपहार सम्झेर ग्रहण गरिदिनु होला।" उपस्थिति सबैको फाइल पास भयो ।

खाना खाने समयमा श्रीमतीले कुरा कोट्याइन्- " हजुरलाई राजनीति बहुत फापेको छ।" यत्तिकैमा कक्षा ९ मा पढ्ने छोराले जिज्ञासा राख्यो --" चारैतिर यसको मात्रै चर्चा छ ,साच्चै राजनीति भनेको के हो ? " हत्तपत्त जवाफ पनि आयो --" सत्यको बिज्ञापन गरि भ्रमको खेती लगाउँदै झुटको ब्यापारमा प्रयोग हुने सिद्धान्तको ठेली नै राजनीति हो " यति सुनेपछि छोरोले जिब्रो काट्यो। मेयर सापको क्रोधको ज्वाला आँखामा देखियो ।मुखबाट बिस्फोटन हुन सकेन।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif