Wednesday, 17th December, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

थाहा बसपार्क सञ्चालन

bussssssssss-1762338224.jpg

थाहा नगरपालिकाको बसपार्क सञ्चालनमा आएको छ । थाहा नगरपालिका–४ नार्खुढाँडमा निर्माणाधीन बसपार्क बुधबारबाट औपचारिक रूपमा सञ्चालन गरिएको हो । बसपार्कस्थित टिकट काउन्टरको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच थाहा नगरपालिकाका प्रमुख विष्णु बिष्टको प्रमुख आतिथ्यतामा बसपार्क सञ्चालनको सुरुवात गरिएको हो । 

कार्यक्रमका नगर प्रमुख विष्णु बिष्टले बसपार्क सञ्चालन कार्यविधिअनुसार गरिएको बताउँदै यस कार्यमा स्थानीय युवाहरूको योगदान उल्लेखनीय रहेको बताए । 

थाहा नगर उपप्रमुख भरत गोपालीले बसपार्क सञ्चालन नगरकै गौरवको विषय भएको उल्लेख गर्दै यससँगै नयाँ चुनौतीहरू पनि थपिएको बताए । 
थानाबजार व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर खत्रीको सभाध्यक्ष्यतामा सम्पन्न कार्यक्रममा  नगर प्रमुख बिष्ट, उपप्रमुख गोपाली, वडा नं. ४ का वडा अध्यक्ष नारायण लामा, उद्योग वाणिज्य संघका अध्यक्ष पुरुषोत्तम ढकाल, नेपाली कांग्रेसका नगर उपसभापति नवराज कार्की, नेकपा एमाले नगर अध्यक्ष सुरेन्द्रमान प्रधान, माओवादी केन्द्रका नगर अध्यक्ष विनोद कुमार लामा, राप्रपा नगर अध्यक्ष कुलमान तामाङ,नारायणी यातायात व्यावसायि संघ पालुङका प्रतिनिधी अरुण लामा,नरेन्द्र अधिकारी,सुमो सेवाका काउन्टर इन्चार्ज सानुकाजी कार्की,थाहा नगर रोजगार संयोजक कुमार नेगी,थाहा नगरपालिकाका सामाजिक बिकास अधिकृत अनिल लामिछाने यातायात व्यावसायी, बजार व्यवस्थापन समितिका पदाधिकारी लगायतका अतिथीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय पालुङका प्रमुख रुक्सा बज्राचार्य, भूमि आयोगका पूर्व जिल्ला अध्यक्ष ज्योति रायमाझी, मालपोत कार्यालय शिखरकोट प्रमुख टंक प्रसाद आचार्य, नापी कार्यालयका प्रमुख पुरुषोत्तम नगरकोटी, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको उल्लेख्य उपस्थिति थियो।

समारोहमा ऋषेश्वर महिला खैचडी भजन समूहका महिलाहरूले आकर्षक भजन प्रस्तुत गरेका थिए ।

हाल बसपार्कमा बिजुली जडान, खानेपानी, सार्वजनिक शौचालय, यात्रुका लागि कुर्सी, सवारी पार्किङ क्षेत्र लगायतका आधारभूत पूर्वाधारहरूको व्यवस्था भइसकेको छ । आधुनिक ट्रमिनलका संरचनाहरू निर्माणाधीन छन् ।

बसपार्कबाट हालका लागि यात्रुबाहक बस, सुमो, इभि लगायतका सवारी साधनहरू छुट्न थालेका छन् ।  
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०