Thursday, 2nd July, 2026
वि.स.

थाहा नगरपालिकाका सब इन्जिनियर न्यौपाने घुससहित पक्राउ

PPP-1533731393.jpg

मकवानपुरको थाहा नगरपालिकाका एक प्राविधिक २३ साउनमा घुससहित रङ्गेहात पक्राउ परेका छन् । दिउँसो करिब १२ः४५ बजेको समयमा थाहा नगरपालिकामा भवन तथा प्राविधिक निर्माण शाखामा कार्यरत सब इन्जिनियर कमलराज न्यौपानेलाई घुससहित पक्राउ गरिएको हो । नगद २ हजार लिँदालिँदै पक्राउ परेका न्यौपानेलाई जिल्ला प्रहरी कार्यालय चलान गरिएको पालुङ प्रहरीले जनाएको छ । 
 
थाहा नगरपालिका वडा नम्बर २ अंगारे बस्ने भुकम्प पिडीत मिनप्रसाद ढकालसंग भुकम्पले भत्काएको घर पुननिर्माण गरेको र नयाँ घर बनाएको निरिक्षण गरेको भन्दै न्यौपानेले घुस मागेको भन्ने सूचनाका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले बताएको छ ।