Thursday, 3rd September, 2026
वि.स.

थाहा छ ? डिनाको पनि ह्याट्रिक हो नि  !

Mahalaxmi-1513646888.jpg

मकवानपुरबाट काँग्रेसकी महालक्ष्मी उपाध्याय डिना तेस्रो पटक पराजित भएकी हुन् । त्यो पनि एमालेका विरोध खतिवडा संगै पराजित भएकी हुन् । 
कांग्रेस नेतृ उपाध्यायलाई खतिवडाले यसअघि २०४८ र २०५१ मा भएको निर्वाचनमा पराजित गरेका थिए ।

यसपटक भने खतिवडाले खतिवडाले ४४ हजार ७ सय ४४ मत पाउँदा  डिनाले ३२ हजार ६ सय ८५ मत पाउँदै पछि परिन् । 

त्यसोत खतिवडाको मकवानपुरबाट यो चौथो जित हो । यसअघि उनी २०४८, ५१ र ५६ को संसदीय निर्वाचनमा विजयी भएका थिए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif