Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा डेरामा बस्नेबाटै बलत्कारको प्रयास

मकवानपुर थाहा नगरपालिका वडा नम्माबर ६ मा ६० बर्षिया एक महिलामाथि ६ साउन साँझ बलात्कारको प्रयास भएको छ ।  

बज्रवाराहीकी महिलामाथि आफ्नै घरमा डेरा गरि बस्ने बारा जिल्ला कलैयाका २० वर्षिया नरेश दासले बलात्कार प्रयास भएको आरोप छ । दास लुगा सिलाउने काम गर्दै आएका थिए । आफ्नो कोठामा बत्ती नभएको निहुँ पारी घरबेटी महिलाको कोठामा पुगेका दासले जबर्जस्ती गर्न खोजेको बताक्ष्इएको छ । आफू चिच्याएपछि युवकले घाँटी थिचेको र स्थानीयले थाहा पाएपछि झ्यालबाट हामफालेर भागेको पीडित महिलाले बताएकी छन्। महिलाको घाँटीमा निलडाम समेत रहेको स्थानीयहरुले बताएका छन् । 

घटनाको पुष्टि गर्दै इलाका प्रहरी कार्यालय पालुङका प्रमुख लोकबहादुर गुरुङ्ले आरोपितलाई पक्राउ गरि म्याद थपको लागि हेटौडा पठाइएको जानकारी दिए। महिलाको काठमाडौको एक अस्पतालमा उपचार भैरहेको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif