Friday, 26th June, 2026
वि.स.

थाहामा विद्यार्थीलाई सडक अभिमुखिकरण कार्यक्रम 

सडक सुरक्षाको बिषयमा विद्यार्थीहरुलाई सचेत गराउनका लागि उत्तरी मकवानपुरको थाहा नगरपालिका स्थित जनकल्याण माद्यामिक विद्यालयमा सडक सुरक्षा सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । 

थाहा नगरपालिकाका बिभिन्न स्थानका विद्यार्थीहरु अध्ययन गर्ने विद्याको मन्दिर जनकल्याणमा सडक सुरक्षा सचेतना प्रदान गर्नाले थाहाको बिभिन्न स्थान सम्म जानकारी पुग्ने अभिलासाको साथमा थाहामा कार्यक्रम भएको हो । राष्ट्रिय ग्रामिण यातायात सुदृढिकरण कार्यक्रम अन्तर्गत जिल्ला समन्वय समितिको कार्यलय, जिल्ला प्रविधिक कार्यालय मकवानपुरको आयोजनामा दामन डाँडावास सडक खण्ड उप आयोजनाले कार्यक्रम सञ्चालन गरेको हो । 

इलाका प्रहरी कार्यालय पालुङसँगको सहकार्यमा सञ्चालित कार्यक्रम मार्फत विद्यार्थीहरुलाई सडक ट्राफिक चिह्नहरुको बारेमा जानकारी, जेब्रा क्रसिङको बारेमा जानकारी र सडक दुर्घटनाबाट बच्नका लागि सडकमा पालना गर्नु पर्ने नियमहरुको बारेमा जानकारी गराइएको थियो ।
 



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०