nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 26th April, 2024
वि.स.
1000043965-1707579226.jpg

थाहानगर प्रमुख विष्ट स्काउटबाट दिक्षित

scout-photo-dixanta-1656327647.jpg

थाहा नगरपालिकाका प्रमुख विष्णुबहादुर विष्ट नेपाल स्काउटबाट दिक्षित भएका छन् । स्थानीय स्काउट कार्यालय थाहा नगरपालिकाले आयोजना गरेको एक समारोहबीच विष्ट स्काउटबाट दिक्षित भएका हुन् ।

स्थानीय स्काउट समितिका संयोजक गणेशमान श्रेष्ठको सभाध्यक्षतामा भएको कार्यक्रममा विष्टलाई बागमती प्रदेश स्काउट समिति सदस्य अशोक सारु मगरले दिक्षित गराएका हुन् । स्काउट पोसाकमा रहेका विष्टलाई स्कार्फ, वागल, व्याचसहित पद तथा गोपनियताको सपथ ग्रहण गराएर दिक्षित गरिएको हो । स्थानीय स्काउट संरक्षकको हैसियतमा विष्टलाई दिक्षित गरिएको हो ।

आफू स्काउटबाट दिक्षित भएपछि समारोहमा बोल्दै विष्टले बालबालिकालाई अनुशासन, नैतिकता, कर्तव्यपरायणता र मानवीय सेवामा लाग्न स्काउटको भूमिका रहेको बताए । थाहा नगरमा स्काउट विस्तार गर्न नगरपालिकाको सहयोग रहने बताउँदै उनले विपद व्यवस्थापनको क्षेत्रमा नगरको अगुुवाइ गर्न स्थानीय स्काउट समितिलाई आग्रह गरे ।

कार्यक्रममा थाहा नगरपालिका विपद व्यवस्थापन समितिका संयोजक एवम् वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, प्रदेश स्काउट सदस्य सारु, प्याब्सन थाहाका अध्यक्ष सुरेन्द्रमान प्रधान, बज्रवाराही माविका प्रधानाध्यापक रमेशमान डंगोल लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा प्रदेश स्काउट सदस्य सारु मगरले स्काउटबारे प्रस्तुतीकरण गरेका थिए ।

जनकल्याण र सुनौला माविका ५५ जना स्काउट बालबालिकाहरुको सहभागिता रहेको सो कार्यक्रममा दुवै विद्यालयका स्काउटले स्वदेश गीतमा नृत्य प्रस्तुत गरेका थिए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)