Sunday, 16th August, 2026
वि.स.

थाहानगरमा ‘पालुङ जेसीज सप्ताह’ शुरु

पालुङ जेसीजको जेसीज सप्ताह १ मंसीरबाट थाहानगरमा शुरु भएको छ । जेसीजसप्ताहको थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम बहादुर परियारले एक समारोहकाबीच ओखरबजारको झम्केश्वरी आधारभूत विद्यालयको प्राङ्गणमा उद्घाटन गरे । सप्ताहको उद्घाटन गर्दै कार्यकारी अधिकृत परियारले जेसीजमा आवद्ध भएपछि हुने फाईदाहरुको विषयमा बताउँदै पालुङ जेसीलाई थाहानगरकै एक विकास साँझेदारको रुपमा लिएको बताए । उनले जेसीजसंग मिलेर थुप्रै विकासका कार्य गर्न सकिने बताउँदै नगरको युवा शक्तिको व्यक्तित्व विकास, नेतृत्व विकास र भातृत्व विकासमा स्थानीय निकायको तर्फबाट सँधै सकारात्मक भावना सहित आवश्यक सहकार्य गर्ने बताए ।

सीज सप्ताह उद्घाटन कार्यक्रममा पालुङ जेसीजका संस्थापक अध्यक्ष पुरुषोत्तम ढकाल, पूर्व अध्यक्ष सहदेव ढकाल, राष्ट्रिय जनमोर्चा मकवानपुरका अध्यक्ष लक्ष्मण विष्टलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थाहानगर उद्योग वाणिज्य संघका अध्यक्ष कविराज खत्री, राप्रपा नेपालका थाहानगर अध्यक्ष हरेराम कार्की, थाहा कला केन्द्रका अध्यक्ष सानोबाबु मोक्तान, विकासखबर डटकमका प्रधान सम्पादक कुमार नेगी, पालुङ जेसीजका पूर्व अध्यक्षहरु, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनीधहरु, थाहानगरका विभिन्न विद्यालयका शिक्षकहरु, पत्रकारलगायतकाको उपस्थिती रहेको थियो ।

जेसीज सप्ताहको उद्घाटन समारोहमा कार्यक्रमका प्रमुख अतिथी तथा थाहा नगरपालिकाका कार्यकारी अधिकृत भिम परियार, राष्ट्रिय जनमोर्चाका अध्यक्ष लक्ष्मण विष्ट, राप्रपा नेपालका थाहानगर अध्यक्ष हरेरा कार्कीलगायतलाई मायाको चिनो प्रदान गरिएको थियो । जेसीज सप्ताह उद्घाटन समारोह पालुङ जेसीज वर्ष २०१६ का अध्यक्ष शिवकुमार खत्रीको सभाध्यक्षतामा भएको थियो । 

जेसीज सप्ताहको पहिलो कार्यक्रम हाजिरी जवाफ प्रतियोगिता
बज्रवाराही मावि प्रथम

पालुङ जेसीज सप्ताहव्यापी कार्यक्रमको पहिलो कार्यक्रम हाजिरी जवाफ प्रतियोगिता १ मंसीरमा सम्पन्न भएको छ । प्रतियोगितामा सुनौला मआधारभूत विद्यालय बज्रवाराही प्रथम, बज्रवाराही मावि द्वितीय र लेकाली बसिफाँट आधारभूत विद्यालय तृतीय भएको छ । कृष्ण दाहालको संयोजकत्वमा भएको हाजिरी जवाफ प्रतियोगितामा उत्तरी भेगका ८ वटा विद्यालयकोे सहभागिता रहेका थियो । प्रतियोगितामा विजेता विद्यालयलाई समापन कार्यक्रममा पुरस्कार वितरण गरिने संयोजक दाहालले बताए ।

जेसीज सप्ताह अन्तर्गत मंसिर २ गते प्राथमिक उपचार तालीम तथा जेसीज र कार्यलय प्रमुखहरुबीच भलिबल प्रतियोगिता, मंसिर ३ गते ट्राफिक जनचेतामुलक कार्यक्रम र एकल गायन तथा एकल नृत्य प्रतियोगिता रहेको वर्ष २०१६ का सञ्चार संयोजक रुपक कालिराजले जानकारी दिए । मंसिर ४ गते जेसीज सप्ताह समापन समारोह रहेको संयोजक कालिराजले जानकारी दिए ।  


 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०