Wednesday, 26th August, 2026
वि.स.

थाहानगरमा जेठ १० र ११ गते दिउँसो विद्युत आपूर्ति नहुने (हेर्नुहोस् सूचना सहित)

मकवानपुर थाहा नगरपालिकामा २ दिन दिउँसो विद्युत आपूर्ति अनियमित हुने भएको छ । 

नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्रले ७ जेठमा सूचना प्रकाशित गरी यहि जेठ १० गते शुक्रबार र ११ गते शनिबार लाईन सट डाउन हुने जानकारी दिएको हो । नेपाल विद्युत प्राधिकरण पालुङ वितरण केन्द्र अन्तर्गतका क्षेत्रमा विगत केहिदिन देखि विद्युत आपुर्र्ति अनियमित भईरहेका कारण मार्खु चित्लाङ, बज्रबाराही, टिष्टुङ, दामन पालुङहुँदै आग्रा गोगनेसम्म गएको ११ के.भी. लाईन मर्मत गर्नको लागि विद्युत आपूर्ति अवरुद्ध हुने प्राधिकरणले जनाएको हो । 

उक्त २ दिन बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म विद्युत लाईन बन्द हुने प्राधिकरणले जनाएको छ । आफ्नो सेवा क्षेत्रमा विद्युत अवरुद्ध हुँदा ग्राहक महानुभावहरुलाई पर्न जाने अशुविधाप्रति प्राधिकरणले सूचना मार्फत नै क्षमा मागेको छ । 

हेर्नुहोस् सूचना:



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif