Thursday, 3rd September, 2026
वि.स.

थाहानगरका विर्खे अञ्जान सहित मकवानपुरका साहित्यकार सिक्किममा सम्मानित

नेपाली साहित्य परिषद् सिक्किम तथा किनार प्रकाशन गान्तोकको सँयुक्त आयोजनामा सिक्किममा मकवानपुरका सहत्यिकारहरु सम्मानित भएका छन् । सिक्किममा भएको एक समारोहकाबीच नेपालका साहित्यकारहर गोर्खे साइँलो, केशवराज आमोदी, लोकनाथ बराल, रामकुमार एलन, हयग्रीव आचार्य, कृष्णप्रसाद दहाल, राजबाबु पहाडी, बिर्खे अञ्जानलगायत सम्मानित भएका छन् । मकवानपुर जिल्लाको उत्तरी क्षेत्रमा बसेर क्रियाशील बिर्खे अञ्जानलाई पनि अभिनन्दन गरिएको हो । अञ्जानका दुई कृती प्रकाशनमा छ । मकवानपुर जिल्लाबाट प्रकाशित भएको पहिलो समालोचना ग्रन्थ शल्यक्रिया र अवसान सपना कविता संग्र्रह अहिले चर्चामा छ । यसका अतिरिक्त उनको आधा दर्जन सहलेखन किताब प्रकाशन भएको छ ।

नेपाली साहित्य परिषद्का अध्यक्ष रूद्र पौडेलको सभाध्यक्षतामा संचालन भएको कार्यक्रममा सिक्किम बिधान सभाका अध्यक्ष केएन राइको प्रमुख आथिथ्यतामा भएको थियो । भारतमा बसेर नेपाली भाषा, साहित्य र सँस्कृतीको क्षेत्रमा क्रियाशिल विभिन्न प्रदेशका साहित्यकारहरूको उपस्थिति रहेको उक्त समारोहमा नवलपरासी, चितवन, मकवानपुर, बिराटनगर झापा, मोरङ लगायतका प्रतिनिधि स्रष्टाहरूको सहभागीता रहेको थियोे ।

सिक्किम बिश्वबिद्यालयका डाक्टर पुष्प शर्माले स्वागत गरेका थिए । कार्यक्रममा प्राध्यापक डा. भीम खतिवडा, गोर्खे साइँलो, भवानी अधिकारी, जीवन शर्मा र प्रमुख अतिथि के एन राई समेतले भाषा, साहित्यमा नेपाली भाषाको योगदान बिषयमा आ–आफ्नो बिचार ब्यक्त गरेका थिए । दुबै देशबाट सम्मेलनमा सहभागीहरूले आ–आफ्नो रचना वाचन गरेका थिए । सम्मेलनको अवसरमा नेपाली साहित्यका क्षेत्रमा लामो समयदेखि योगदान पु¥याएका स्रष्टाहरूलाई अभिनन्दन पनि गरिएको हो । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif