Thursday, 20th August, 2026
वि.स.

थाहानगरका गाईपालक किसानलाई काउम्याट सहयोग

COWaaa-1558864142.jpg

मकवानपुरको थाहा नगरपालिकाको आर्थिक सहयोगमा नगरका गाइपालन गर्ने किसानलाई काउम्याट वितरण गरिएको छ । 

थाहा नगरपालिका पशु विकास शाखाले ४ जना किसानलाई काउम्याट वितरण गरिएको शाखा प्रमुख रावेन्द्र मिश्रमले जानकारी दिए । शाखाले थाहा–६ नन्दीकेश्वर गाई फार्मका उद्धव भट्ट २ थान, थाहा–२ का  विश्वनाथ ढकाल २ थान, व्यवशायिक गाई पालन गर्ने किसान एशोधा ढकाललाई १ थान र थाहा–६ कै अमृत अधिकारीलाई १ थान काउम्याट तिरण गरिएको हो। 

व्यवशायिक गाई पालन गर्ने किसान र गाई फार्म संचालन गर्ने किसानहरुलाई काउम्याट वितरण गरिएको हो । थाहा नगरपालिकालाई दुधमा आत्मनिर्भर बनाउन र व्यवशायिक किसानको संख्या बढाउनको लागि को लागि यस्तो कार्यक्रम संचालन गरिएको पशु विकास शाखा प्रमुख मिश्रले जानकारी दिए ।   
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०