Saturday, 15th August, 2026
वि.स.

थाहाका उपमेयर गोपालीले धन्यवाद दिए च्वाइस नेपाललाई

bidai-1654085152.jpg

थाहानगरको शिक्षा, स्वास्थ्य, खानेपानी, जीविकोपार्जन, लघुउद्यमशीलता लगायतको क्षेत्रमा सहयोग गर्दै आइरहेको च्वाइस नेपालको कार्यप्रति थाहा नगरपालिकाका नवनिर्वाचित उपमेयर भरत गोपालीले धन्यवाद दिएका छन् ।

थाहाको जनकल्याण माविमा आयोजित एक कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उपमेयर गोपालीले थाहानगरपालिकाको विकासमा च्वाइसको योगदानको चर्चा गर्दै आगामी दिनमा पनि सहयोग र सहकार्यको अपेक्षा गरे ।

च्वाइस नेपालमार्फत् जनकल्याण माविमा आइपुगेका २० अमेरिकी र २ स्पेनी गरी २२ जनाको स्वयम्सेवी टोलीलाई विदाइ कार्यक्रमको आयोजना गरिएको थियो । उनीहरुले जनकल्याण माविको निर्माण हुन लागेको भवनको जग खन्ने कार्यमा श्रमदान गरेका थिए । 

आज १८ जेठमा विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजिवकुमार स्याङ्तानको अध्यक्षतामा भएको कार्यक्रममा विद्यालयले स्वयंसेवी पाहुनाहरुलाई मायाको चिनो प्रदान गरेको थियो भने पाहुनाहरुले विद्यालयलाई शैक्षणिक क्रियाकलापमा उपयोगी सामग्रीहरु हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा च्वाइस नेपालका राष्ट्रिय कार्यकारी निर्देशक प्रतिक शर्मा, कार्यक्रम निर्देशक किरण न्यौपाने, थाहा नगरपालिकाका नगर शिक्षा अधिकारी शोभाकर रेग्मी, वडा नम्बर ३ का वडाध्यक्ष हिरेन्द्रकुमार रायमाझी, वडा नम्बर ४ का वडाध्यक्ष नारायण लामा लगायतको उपस्थिति रहेको थियो । 

यो पनि पढ्नुहोस् अमेरिकाका डाक्टरहरु थाहानगरमा विद्यालयको जग खन्दै



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif