Thursday, 3rd September, 2026
वि.स.

तीन नम्बर प्रदेश : २३ वटा कानून निर्माणमा तिब्रता

प्रदेश नंबर ३ को प्रदेशसभाले २३ वटा कानुन निर्माण थालेको छ । कानुनको अभावमा सरकार तथा सांसदले काम गर्न समस्या भएपछि कानू निर्माण थालिएको हो । 

प्रदेश सरकारले मुख्य न्यायधिवक्ताको काम, कर्तब्य तथा अधिकारका सन्र्दभको कानुन, प्रदेश प्रमुख र प्रदेश सरकारको नाममा हुने निर्णय वा आदेश सम्वन्धि अधिकार पत्रको कानुन, प्रदेश सरकारको कार्य सञ्चालन र कार्यविभाजन नियमावली सहित २३ वटा कानुन निर्माणको लागि छलफल तिब्र बनाईएको हो । कानुन निर्माणको विषयमा जानकारी दिँदै प्रदेशका आन्तरिक मामिला तथ कानुन मन्त्री शालिकराम जम्मरकट्टेलले प्रदेशसभाले डेढ महिना भित्र कानुन निर्माण गरिसक्ने जानकारी दिए । 

सरकारले सदनमा पेश गर्नको लागि तयार पारेको २३ वटा कानुन तथा नियमावली मध्ये १४ फागुनमा मात्रै प्रदेशसभा नियमावली पारित भैसकेको जानकारी गराउँदै मन्त्री जम्मरकट्टेलले केहि कानुनहरु फास्ट ट्रायाकको माध्ययमाबाट पनि निर्माण गरिने बताए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif