Wednesday, 22nd April, 2026
वि.स.
Thaha-002-1774415222.gif

तीनवटा निर्णय गर्दै सकियो थाहा नगर कोभिड नियन्त्रण समितिको बैठक(निर्णयसहित)

covid-meeting-1622631739.jpg

थाहा नगरपालिका कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशन समितिको १९ जेठको बैठक तीनवटा निर्णयहरु गर्दै सकिएको छ । थाहा नगरका लागि जिल्ला प्रशासन कार्यालयले यसअघि जारी गरेको अलग्गै निषेधाज्ञा २० जेठमा सकिँदै गर्दा अब थप के होला भन्ने जिज्ञासा उत्पन्न भइरहेको बेला यसबारे भने बैठकले कुनै निर्णय गरेन । 

प्रमुख जिल्ला अधिकारीले आजै जिल्लाभरका लागि अर्को निषेधाज्ञा जारी गर्ने भएकोले सोही आदेश थाहा नगरमा पनि लागु हुने हुँदा थाहा नगरको लागि छुट्टै निर्णय नगरिएको नगर प्रमुख लवशेर विष्टले बताए । 

१९ जेठमा थाहा नगरपालिकाको कोभिड–१९ रोकथाम तथा नियन्त्रण निर्देशन समितिले गरेको पहिलो निर्णय समीक्षासम्बन्धी रहेको छ भने दोस्रो कोरोना सङ्क्रमितहरुलाई सहयोग गर्ने सम्बन्धी र तेस्रो कोरोना सङ्क्रमितको स्वास्थ्य प्रोटोकलसम्बन्धी रहेको छ । 

समितिले थाहा नगरमा होम आइसोलेशनममा बसेका बिरामीहरुलाई जनही १५ थान मास्क र एक डल्ला हात धुने साबुन उपलब्ध गराउने निर्णय गरेको छ । यस्तो सहयोग स्थानीय जनप्रतिनिधिमार्फत् गरिने र सोही क्रममा आर्थिक कमजोरीका कारण पोषण तथा औषधिको  अभाव देखिएका विरामीहरुको लागि नगरमा सिफारिस गर्न वडा कार्यालयहरुलाई पत्राचार गरिने निर्णय गरिएको नगर प्रमुख विष्टले जानकारी दिए ।

बैठकमा नगरप्रमुख विष्ट, उपप्रमुख खड्ग गोपाली, समितिका सदस्यहरु, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सहभागी थिए  । 

हेर्नुहोस् निर्णय :



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०