nakuhine-bastu-sankalan-1706086939.jpg
Monday, 6th May, 2024
वि.स.
1000043965-1707579226.jpg

तीजको नाममा बढ्दै गएको विकृतिबारे विमर्श

chandra-1695020686.jpg

तीजको अवसरमा नेपाल  राष्ट्रिय  शिक्षक सङ्गठन जिल्ला  महिला  विभाग  मकवानपुरले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । तीजलाई स्वस्थ र सुसंस्कृत ढंगले मनाउनुपर्नेमा जोड दिँदै महिला विभागले तीजको नाममा बढ्दै गएको सामाजिक तथा साँस्कृतिक विकृतिबारे विचार–विमर्श समेत गरेको छ । 

‘साँस्कृतिक पर्व तीजमा बढ्दो विकृति’ विषयमा विमर्श गर्दै नेरासिसंको मकवानपुर महिला विभागले म्युजिकल चियर, सामुहिक  हाजिरी  जवाफ  प्रतियोगिताका साथै सामूहिक नृत्य समेत आयोजना गरेको विभागकी मकवानपुर सचिब चन्द्रादेवी बलले जानकारी दिइन् । 
महिला  विभाग मकवानपुरका संयोजक प्रतिमा गौतमको अध्यक्षता तथा शिक्षक सङ्गठन राष्ट्रिय  समिति  सदस्य लक्ष्मी गजुरेलको प्रमुख  आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । 

कार्यक्रममा  नेपाल राष्ट्रिय शिक्षक संगठन निवर्तमान केन्द्रिय  सदस्य पद्मा पौडेलको विशेष आतिथ्यमा रहेको थियो । 

कार्यक्रममा बकैया गाउँपालिकाकी पहिलो उपाध्यक्ष  सरला बोलखेले तीज मनाउनु नै गलत नभई भड्किलो र खर्चिलो बनाउनु गलत रहेको धारणा व्यक्ति गरिन् । त्यसैगरी गैरसरकारी संस्था महासंघ बागमती प्रदेशकी अध्यक्ष आरती पाठकले थपिन्, ‘हामी वैचारिक विमर्श गर्छौँ, छलफल गर्छौँ तर त्यसलाई छाडेर सामाजिक सञ्जालमा खाएको र नयाँ साडीमा नाचेको कुराको प्रचार गर्छौँ , यसले नकारात्मकता थपेको छ ।’

नेपाल राष्ट्रिय शिक्षक संगठन  बागमती प्रदेश सदस्य सुनिल गौतम, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका जिल्ला अध्यक्ष श्रीराम दाहाल, पेसागत महासंघका केन्द्रीय सदस्य माया पौडेल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका सल्लाहकार अक्रुर गौतम, शिक्षक महासंघ मकवानपुरका उपाध्यक्ष लक्ष्मी चौलागाईं, नेपाल राष्ट्रिय शिक्षक संगठन  मकवानपुर उपाध्यक्ष कृष्ण पौडेल, सचिब मुकुन्द न्यौपानेको लगायतको सो अवसरका आतिथ्यता रहको थियो ।

महिला विभाग  सचिव चन्द्रादेवी लामा बलले सञ्चालन गरेको  कार्यक्रमको स्वागत मन्तव्य नेपाल राष्ट्रिय शिक्षक संगठनकी कोषाध्यक्ष  भावना सापकोटाले राखेकी थिइन् । 

कार्यक्रमका बीच आयोजित हाजिरी जवाफ  प्रतियोगितामा शिक्षकहरू नम्रता बिडारी पोखरेल , सावित्री अधिकारी, राधिका सापकोटा, शालिकराम घिमिरे, सुनिता घिमिरे, गोपिरमण प्याकुरेल विजेता भएका थिए भने म्युजिकल चियर प्रतियोगितामा राधा गौतम, विष्णुमाया नगरकोटी र शारदा दुलाल क्रमश : प्रथम , द्वितीय र तृतीय भएका थिए । 
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)