Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

ट्रिपर दुर्घटनामा सहचालकको मृत्यु, ३ घाइते

रामेछापमा ट्रिपर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। ना १ ञ ५७ नम्बरको ट्रिपर रामेछापको सदरमुकाम मन्थलीमा दुर्घटना हुँदा सहचालक सिन्धुली भद्रकालीका रमेश बम्जनको मृत्यु भएको हो। बुधबार बिहान भएको दुर्घटनामा ३ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका चालक रमेश घिमिरेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। अरू २ जनाको रामेछापमै उपचार भइरहेको छ। दुर्घटना सहचालकका कारण भएको प्रहरीले जनाएको छ।