Wednesday, 19th August, 2026
वि.स.

ट्रकको ठक्करबाट घाइते मकवानपुरका विकको मृत्यु

D-body1-1608181289.jpg

 

 पुर्बपश्चिम राजमार्ग अन्र्तगतको हेटौंडा नारायणगढ सडकखण्डमा मनहरीमा भएको दुर्घटनामा घाइते भएका मनहरी-९ रजैया बस्ने ४५ बर्षीय कृष्ण बहादुर विकको मृत्यु भएको छ ।

मंसिर २९ गते साँझ हेटौंडाबाट मनहरी तर्फ जाँदै गरेको ना ६ ख १३६६ नम्बरको ट्रकको ठक्करबाट घाइते भएका विकको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा बुधबार राती मृत्यु भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताए। 

ट्रकको ठक्करबाट गम्भीर घाइते भएका विकको हेटौंडामा उपचार सम्भब नभएपछि थप उपचारका लागि भरतपुर पठाइएको थियो । थप उपचारकै क्रममा उनको पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो ।

ठक्कर दिने ट्रक तथा चालकलाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif