Saturday, 27th July, 2024
वि.स.

ट्याक्टरको ठक्करबाट किशोरीको घटनास्थलमै मृत्यु

मोरङको कदमाहा– २ स्थित विराटनगर– रङ्गेली सडकखण्डमा आज बिहान ट्याक्टरको ठक्करबाट एक किशोरीको घटनास्थलमै मृत्यु भएको छ । बिहान रङ्गेलीबाट विराटनगर जाँदै गरेको को २ त १३७४ नम्बरको ट्याक्टरले ठक्कर दिँदा साइकलयात्री मोरङ कटहरी– ९ बस्ने १३ वर्षीया किशोरी मनिषा सहनीको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक धनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो ।

ठक्कर दिने ट्याक्टरलाई नियन्त्रणमा लिए पनि चालक फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।