Tuesday, 26th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

जन्मदर्ता प्रमाणिकरण अब अस्पतालबाटै

उपमहानगरपालिका र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहकार्यमा डिजिटल सफ्टवेयर मार्फत जन्मदर्ता गरेर सुनसरीको धरानमा अभिलेखिकरण गर्ने काम सुरु भएको छ ।

प्रविधिको विकाससँगै अब नवजात शिशुको जन्म दर्ताका लागि अभिभावकहरुले उपमहानगरपालिकाको कार्यालय सम्मै धाउन नपर्ने भएको छ । पछिल्लो समयमा अधिकांश गर्भवतीले अस्पतालमै बच्चा जन्माउने भएकाले प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागले शिशु जन्मनासाथ आमा, बाबु र ठेगाना समेत तोकेर यकिन समय सहितको जन्म दर्ता गर्न सुरु गरेको धरान उपमहानगरपालिकाका उपप्रमुख मन्जु भण्डारी सुवेदीले बताउनुभयो । संघीय मामिला तथा स्थानीय विकास केन्द्रीय पञ्जिकरण विभाग, काठमाडौंको अभियान अन्तर्गत अस्पतालमा जन्मेको बच्चाको जन्मदर्ता गर्ने काम पहिलोपटक प्रदेश नंं १ को धरानबाट शुरुवात गरेको सुवेदीले बताउनुभयो ।

उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश तिम्सिनाले डिजिटल सफ्टवेयरको माध्यमबाट दर्ता गरिएका अभिलेख धरान उपमहानगरपालिकाको पञ्जिकरण शाखामा समेत स्वत: रेकर्ड रहने भएकोले पनि यो प्रविधि प्रभावकारी हुने बताउनुभयो । 

-इकान्तिपुरबाट



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०