Sunday, 19th May, 2024
वि.स.
1000043965-1707579226.jpg

जनशक्ति सहकारीको अध्यक्षमा पुनः केसी

यस्तै सदस्यहरुमा इश्वरप्रसाद ढकाल, लक्ष्मी लामा, शिब लामा, रामबहादुर खत्री, राजकुमार उप्रेती रहेका छन् । लेखा समिति सदस्यहरुमा सानोबाबु मुक्तान र सुर्य लामा चयन भएका छन् ।

मकवानपुरको थाहा नगरपालिका वडा नं. ६ मा रहेको जनशक्ति कृषक सहकारी संस्थाको अध्यक्षमा पुनः बिमल के.सी. सर्वसम्मत चयन भएका छन् । 
शनिबार संस्थाको कार्यालय दम्कीमा भएको छैठौ साधारण सभाले के.सी.को अध्यक्षतामा आगामी तीन बर्षको लागि ९ सदस्यीय सञ्चालक समिति र सुमन खत्रीको संयोजकत्वमा ३ सदस्यीय लेखा समिति चयन गरेको हो । सञ्चालक समितिको उपाध्यक्षमा कान्छी लामिछाने, सचिवमा राजकुमार के.सी., कोषाध्यक्षमा बाबुलाल कार्की चयन भएका छन् । 
यस्तै सदस्यहरुमा इश्वरप्रसाद ढकाल, लक्ष्मी लामा, शिब लामा, रामबहादुर खत्री, राजकुमार उप्रेती रहेका छन् । लेखा समिति सदस्यहरुमा सानोबाबु मुक्तान र सुर्य लामा चयन भएका छन् । 
सहकारीका अध्यक्ष बिमल केसीको अध्यक्षतामा भएको साधारण सभाले अध्यक्ष के.सी.ले प्रस्तुत गरेको भावी नीति तथा कार्यक्रम, सचिव राजकुमार केसीले प्रस्तुत गरेको प्रगति प्रतिवेदन, र कोषाध्यक्ष शरण बिष्टले प्रस्तुत गरेको १ करोड ९ लाख ४९ हजार दुई सय ४१ रुपैंया बराबरको आय ब्यय विवरण सहितको लेखापरीक्षण प्रतिवेदन अनुमोदन गरेको छ । सभाले सरण विष्टको सयोजकत्वमा शिबहरि बर्ताैला र अर्जुन बहादुर खत्री रहेको सल्लाहकार समति समेत चयन गरेको छ ।
 



https://www.thahatimes.com/public/images/users/Thaaaaaaaaaaa-1575425238.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार, भिडियो, अडियो र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९८५५०७८९१०(सम्पादक)