Saturday, 15th August, 2026
वि.स.

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ५३०० जनाले रोजगारी पाउने(सूचनासहित)

KoreaGuide_hero1-1754363352.jpg

दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ । सोमबार ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै भाषा परीक्षाको आवेदन खुला भएको जानकारी गराएको हो । 

नेपाली नागरिकलाई श्रमिकका रूपमा कोरिया पठाउने प्रयोजनका लागि निकट भविष्यमै भाषा परीक्षा सञ्चालन गर्न एचआरडी सर्भिस अफ कोरियाले परीक्षा तालिका पठाएको सूचनामा उल्लेख छ । 

सूचनाअनुसार भाषा परीक्षाबाट उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ १८०० गरी कुल ५३०० जना नेपाली कामदार छनोट गर्ने छ । 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका उम्मेदवारले साउन २६ देखि ३१ गतेभित्र आवेदन दिन सक्नेछन् । परीक्षाबारेको विस्तृत जानकारी अर्को सूचनामार्फत गराइने बताइएको छ ।

हेर्नुहोस् सूचना :



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif