Sunday, 9th November, 2025
वि.स.
Sram-Suchana-1754301370.jpg

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ५३०० जनाले रोजगारी पाउने(सूचनासहित)

KoreaGuide_hero1-1754363352.jpg

दक्षिण कोरियामा रोजगारीका लागि कोरियन भाषा परीक्षाको आवेदन खुलेको छ । सोमबार ईपीएस कोरिया शाखाले एक सूचना जारी गर्दै भाषा परीक्षाको आवेदन खुला भएको जानकारी गराएको हो । 

नेपाली नागरिकलाई श्रमिकका रूपमा कोरिया पठाउने प्रयोजनका लागि निकट भविष्यमै भाषा परीक्षा सञ्चालन गर्न एचआरडी सर्भिस अफ कोरियाले परीक्षा तालिका पठाएको सूचनामा उल्लेख छ । 

सूचनाअनुसार भाषा परीक्षाबाट उत्पादनमूलक क्षेत्रतर्फ ३ हजार ५सय र कृषि तथा पशुपालन क्षेत्रतर्फ १८०० गरी कुल ५३०० जना नेपाली कामदार छनोट गर्ने छ । 

१८ वर्ष पूरा भई ३९ वर्ष ननाघेका उम्मेदवारले साउन २६ देखि ३१ गतेभित्र आवेदन दिन सक्नेछन् । परीक्षाबारेको विस्तृत जानकारी अर्को सूचनामार्फत गराइने बताइएको छ ।

हेर्नुहोस् सूचना :



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०







krisi-copy-1762338705.jpg
krisi-1-1762338761.jpg