Wednesday, 26th August, 2026
वि.स.

करेन्ट लागेर महिलाको मृत्यु

d-body-1622715988.jpg

सप्तरीको डाक्नेश्वरी नगरपालिकामा एक महिलाको करेन्ट लागेर बिहिबा मृत्यु भएको छ । खेतमा तरकारी टिप्न गएकी डाक्नेश्वरी नगरपालिका–३ तरहीकी ५५ वर्षीया इनरदेवी रायको मृत्यु भएको साविक तरही गाविसका पूर्वअध्यक्ष शोभानन्द रायले जानकारी दिए ।

स्याल, सुङ्गुरबाट सुरक्षाका लागि खेतमा बिच्छ्याइएको नाङ्गो तारमा करेन्ट लागेर मृत्यु भएको स्थानीयवासीले जानकारी दिएका छन् । घटनास्थलमै महिलाको मृत्यु भएको र प्रहरीलाई खबर गरिएको मृतकका श्रीमान् रामवृक्ष रायले बताए । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif