Saturday, 16th May, 2026
वि.स.
Thaha-002-1774415222.gif

एसईईको नतिजा : बोर्डले सूचना निकाल्ने, विद्यालयले सार्वजनिक गर्ने तयारी

see-1596442096.jpg

राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) परीक्षाको नतिजा विद्यालयलयलाई नै सार्वजनिक गर्न दिने तयारी गरेको छ । कोरोना भाइरसका कारण परीक्षा नभएपछि विद्यालयले गरेको मूल्याङ्कनलाई नै आधार मानेर नतिजा सार्वजनिक गर्न लागिएको हो । 

विद्यालय र जिल्ला शिक्षा समन्वय इकाईले पठाएको प्रमाणित डाटाको रुजु गर्ने काम अन्तिम चरणमा पुगेको बोर्डले जनाएको छ । रुजुको काम सकिएपछि प्रमाणिकरण गरेर विद्यालयलाई नै नतिजा सार्वजकि गर्न दिने विषयमा छलफल भइरहेको बोर्डका एक सदस्यले जानकारी दिए । 

‘यो वर्ष कुनै तामझाम हुँदैन । विद्यालयले पठाएको नम्बरलाई बोर्डले प्रमाणिकरण गर्ने हो । रुजुको काम सकिएपछि प्रमाणिकरण गरेर नतिजा सार्वजनिक गर्न बोर्डले सूचना निकाल्ले र विद्यालयले नै नतिजा सार्वजनिक गर्ने विषयमा छलफल भइरहेको छ । केही दिनमा बोर्डले निर्णय गर्ने सम्भावना छ,’ ती सदस्यले भने । 

यसअघि बोर्डले १५ साउनमा नतिजा सार्वजनिक गर्ने तयारी गरेको थियो । तर बाढी पहिरोका कारण बाटो बन्द भएकाले विद्यालय र जिल्लाबाट प्रमाणित डाटा नआएकाले नतिजा सार्वजनिक गर्न ढिलाइ भएको हो ।  एसईईमा यो वर्ष ४ लाख ८२ हजार विद्यार्थी सहभागी छन् ।



https://www.thahatimes.com/public/images/users/thaha-times-logo-1729678161.png

थाहा टाइम्स

thahatimes@gmail.com

यो नेपाली भाषाको अनलाइन पत्रिका हो । हामी तपाईमाझ खासगरी मकवानपुरकाे थाहा नगरपालिका र सँगसँगै तपाईंलाई काम लाग्ने देश-विदेशका समाचार र विचार प्रकाशन गर्छौं । सुझाव, समाचार र विज्ञापनका लागि सम्पर्क : ९७०५०७८९१०