Thursday, 20th August, 2026
वि.स.

एम्बुलेन्स र अटो ठोकिँदा २ जनाको निधन

D-body1-1610954999.jpg

 झापाको दमकमा सोमबार बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित ताराबारी सडकखण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको मे१च १२४६ नम्बरको सुत्केरी बोकेको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको अटो रिक्सा एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको हो ।

बिहान करीब ९ः४५ बजे भएको सो दुर्घटनामा अटो रिक्साका चालक मोरङ, उर्लाबारी नगरपालिका– ४ का ५० वर्षीय वीरेन्द्र बुढाथोकी र त्यसमा सवार झापाका रमेश श्रेष्ठको मृत्यु भएको हो । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०