nakuhine-bastu-sankalan-1706086939.jpg
Thursday, 2nd May, 2024
वि.स.
1000043965-1707579226.jpg

उत्तरी क्षेत्रमा सहकारी व्यवस्थापन तालिम सम्पन्न

डिभिजन सहकारी कार्यालय मकवानपुरको आयोजना तथा कुण्डलदेवि वहुउद्देश्यीय सहकारी संस्थाको संयोजनमा ७ दिने सहकारी व्यवस्थापन तालिम पालुङ बहुद्देश्यीय सहकारी संस्थाको सभाहलमा सोमबार सम्पन्न भएको छ । मकवानपुर उत्तरी क्षेत्रका १५ सहकारी संस्थाका कार्य समिति, कर्मचारी र विभिन्न उपसमितिहरु लगायत २२ जनाले तालिममा सहभागिता जनाएका थिए ।

उत्तरी क्षेत्रमा रहेका सहकारीहरुको लागि सहकारी व्यवस्थापन तालिमको आवश्यकता महसुश भएकोले तालिम सञ्चालन गरिएको कुण्डल देवी वहुद्देश्यीय सहकारी संस्थाका अध्यक्ष शिवकुमार खत्रीले बताए । सहकारी व्यवस्थापन तालिममा संस्था सञ्चालनका विभिन्न निति, नियम, तथा प्रावधानहश्रको बारेमा जानकारी मूलक रहेको तालिम लिए पश्चात सहकारी सञ्चालनमा सहज हुने तथा तालिममा सिकेका कुराहरु सबैले आआफ्नो सहकारी संस्थामा जानकारी गराई व्यवस्थापन प्रक्रियााई सहजीकरण गर्नु हुनेछ भन्ने अपेक्षा रहेको कुण्डलदेवी वहुदुद्देश्यीय सहकारीको व्यवस्थापक राजन मिश्र ले बताए ।

फागुन ४ गतेबाट डिभिजन सहकारी कार्यालयका सहकारी अधिकृत तिलकराम पोखरेल द्वारा उद्घाटन गरी सुरु भएको उक्त तालिमको सहजीकरण डिभिजन सहकारी कार्यालयका विभिन्न कर्मचारीहरुले गरेका थिए ।