Friday, 1st May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आयुर्वेदिक औषधिको लागि भन्दै लगाइएको गाँजा नष्ट 

Bhim-fedi-1477022435.jpg

मकवानपुर भीमफेदी गाविस वडा नम्बर ५ छबेली र ८ नम्बर वडाको जुडिखेतमा गरेको गाजा खेती इलाका प्रहरी कार्यालय भीमफेदीले नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरक्षक बासुदेब थापाको नेतृत्वमा संचालन गरिएको सर्च अभियानको क्रममा टोलीले गाजा बाली सबै काटेर इलाका प्रहरी कार्यालय भीमफेदीमा ल्याइ जलाएर नष्ट गरेको हो । 
यसरी गांजा खेती गर्ने कृषकलाइ पहीलो पटक गाजा खेती नगर्न र भएका गाजा बाली आफै सचेत भएर नष्ट गर्न पनि इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरक्षक बासुदेब थापाले चेतावनी दिए ।  ब्यबशायीले भने गांजा खेतीको रुपमा नगरी ारीको छेउछाउ आयुर्वेदिक औषधिको लागि लगाइएको बताए । इलाका प्रहरी कार्यालयले स्थानिय बुद्धीजीबी तथा राजनैतिक दलका प्रतीनिधिको रोहबरमा गाजां नष्ट गरिएको हो ।
-सुरेन्द्रराज थिंके/भिमफेदी