Saturday, 2nd May, 2026
वि.स.
Thaha-002-1774415222.gif

आगोलागीमा परि बालकको मृत्यु

मकवानपुर जिल्लाको कैलाश गाउँपालिका वडा नं १ खोलाखर्कमा शनिबार कुमार गुरुङको घरमा भएको आगोलागीमा परि करिब ६ महिने बालकको मृत्यु भएको छ । शनिबार बिहानै करिब ८ बजे अचानक घरमा भएको आगोलागीमा परि कुमार गुरुङ र पार्वती गुरुङको कान्छो छोरा सुजन गुरुङको जलेर मृत्यु भएको हो । बिहानै सुताइराखेर आमा बुबा दुबै काममा बाहिर गएको समयमा घरमा आगोलागी भएको प्रहरी चौकी डाँडाखर्कले जनाएको छ । आगोलागीबाट खरको छानो भएको घर पुरै जलेर नष्ट भएको छ भने आगोलागी हुनुको कुनै पनि कारण पत्ता लागी नसकेको प्रहरीले जनाएको छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।