Wednesday, 19th August, 2026
वि.स.

अनेरास्ववियु १०८, नेवि संघ ८५, क्रन्तिकारी ५०
स्ववियु निर्वाचनको नतिजा सार्वजनिक

त्रिभुवन विश्वविद्यालयले बुधबार सम्पन्न स्ववियु निर्वाचनको नतिजा सार्वजनिक गरेको छ । त्रिविका अनुसार निर्वाचन भएका २५१ वटा क्याम्पसको मतपरिणाममा एमाले निकट अनेरास्ववियु पहिलो स्थानमा छ ।

मतपरिणामअनुसार हालसम्म अनेरास्ववियुले आंगिक क्याम्पस अन्तर्गत ९ वटा क्याम्पस र सामुदायिक क्याम्पस अन्तर्गत ९९ गरी १०८ क्याम्पसमा बिजय हासिल गरेको छ ।

त्यस्तै नेपाल विद्यार्थी संघले आंगिक क्याम्पस अन्तर्गत ८ र सामुदायिक क्याम्पस अन्तर्गत ७७ गरी ८५ क्याम्पसमा विजय हासिल गरेको मतपरिणामले देखाएको छ । यससँगै नेविसंघ दोस्रो स्थानमा छ ।

त्यस्तै अखिल (क्रान्तिकारी)ले ४ आंगिक क्याम्पस र ४६ सामुदायिक क्याम्पसगरी ५० स्थानमा आफ्नो जित सुनिश्चित गरेको छ ।

अन्य संगठनहरुमा राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संघ ३, नेपाल क्रन्तिकारी बिद्यार्थी संघ १, संघीय समाजबादी १, विप्लव १, नयाँ शक्ति १, अखिल छैटौं १ स्थानमा बिजयी भएका छन् ।

www.dainiknepal.com बाट साभार



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif