Thursday, 3rd September, 2026
वि.स.

४४ जनाले पाए अपाङ्गता परिचय पत्र

20180601_140817-1527938339.jpg

नगर भित्र भएका अपाङ्ग ब्यक्तिहरुको लागी अपाङ्गता परिचयपत्र बितरण गर्ने उदेश्यले उत्तरी मकवानपुरको थाहा अपाङ्गता परिचयपत्र शिविर सम्पन्न भएको छ । शिविरबाट ४४ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन । जसमा २ जनाले रातो कार्ड प्राप्त गरेका छन भने १९ जनाले निलो कार्ड, १५ जनाले पहेंलो कार्ड र ८ जनाले सेतो कार्ड प्राप्त गरेका छन ।

थाहा नगरपालिकाको आयोजनामा सन्चालन भएको कार्यक्रममा महिला तथा बालबालिका कार्यालय हेटौंडाको सहयोग, जिल्ला अपाङ्ग सरोकार समिति र थाहा नगर अपाङ्ग सरोकार समितिको समन्वय रहेको थियो । थाहा नगरपालिकाका नगर प्रमुख लबशेर बिष्टको सभाध्यक्षतामा भएको शिविरमा थाहा नगरपालिकाका सामाजिक बिकास शाखा अधिकृत अनिल लामिछानेल्र कार्यक्रमको संयोजकत्व गरेका थिए ।

शिविरमा प्रमुख महिला बिकास अधिकृत बिष्णु कुमारी लामिछाने, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत गुण प्रसाद न्यौपाने, जिल्ला अपाङ्ग समितिका अध्यक्ष जमुना तितुङ, थाहा नगर अपाङ्ग सरोकार समितिका अध्यक्ष मनलाल गोपाली लगायतको सहभागिता रहेको थियो भने शिविरबाट थाहा नगर भित्र रहेका बिभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिहरुले परिचयपत्र प्राप्त गरेका छन ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

Thaha-002-1774415222.gif