Wednesday, 19th August, 2026
वि.स.

१३ अन्तर्राष्ट्रिय नाकामा हेल्थ डेक्स सञ्चालन गरिँदै

health-1608714300.jpg

सरकारले देशका प्रमुख नाका र अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालनमा ल्याउने भएको छ । १५ पुषभित्र १३ प्रमुख नाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेक्स सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्याको सचिवस्तरीय बैठकले निर्णय गरेको हो । 

सो निर्णयअनुसार स्वास्थ्य सेवा विभागले हेल्थ डेक्समा खटिने कर्मचारीको नाम प्रकाशित गरेर ती कर्मचारीलाई विभागमा सम्पर्क गर्न निर्देशन दिएको हो । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काकडभिट्टा नाका, सिरहाको मडार नाका, रौतहटको गौर नाका, रानी भन्सार विराटनगर नाका, भैरहवाको बेलहिया नाका, पर्साको वीरगञ्ज नाका, कपिलवस्तुको कृष्णनगर नाका, कैलालीको गौरीफन्टा नाका, बाँकेको जमुनाहा नाका,  सिन्धुपाल्चोकको तातोपानी, कन्चनपुरको गड्डाचौकी, रसुवाको रसुवागढीमा ४८ जना अस्थायी दरवन्दी कायम गरी खटाउने स्वास्थ्य सेवा विभागको सूचनामा उल्लेख गरिएको छ । 

हेल्थ डेक्समा खटिने स्वास्थ्यकर्मीले ती नाका र अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल प्रवेश गर्नेहरुमा प्रकोपजन्य रोगहरुको पहिचान र निराकरण गर्न भूमिका खेल्न सूचनामा उल्लेख छ । स्वास्थ्यर्मीहरुले नेपाल प्रवेश गर्नेमा कुनै पनि सरुवा रोगको शंका लागेमा उपचारका लागि समन्वय समेत गर्नुपर्ने जनाइएको छ ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif