Thursday, 3rd September, 2026
वि.स.

सरकारी अस्पतालको कारण स्वास्थ्य बिमाले तिब्रता लिएनः– अभिकर्ता लामा

स्वास्थ्य बीमाको सेवा सरकारी अस्पतालले प्रदान गर्ने भएकाले स्वास्थ्य बीमाले तिब्रता लिन नसकेको बीमा अभिकर्ता सबिना लामाले बताए । सरकारी अस्पतालको सेवामा जन मानसको बिश्वासको कमिले गर्दा स्वास्थ्य बीमा प्रभाबित भएको उनको भनाइ रहेको छ । अधुनिकता सँगै मानिसमा निजी अस्पताल तथा क्लिनिकहरुबाट स्वास्थ्य सेवा लिने प्रबृत्ति बढेपछि सरकारी अस्पतालको सेवामा कम गुणस्तरियताको भान भएको हो । जसले गर्दा सरकारी स्वास्थ्य सेवा लिन हिचकिचाउने हुनाले  सोचेजती स्वास्थ्य बीमाले तिब्रता लिन नसकेको उनले बताए । 
सरकारी सेवामा ढिलाइ हुने र कम प्रभावकारी हुने भएकाले स्वास्थ्य बीमाा गर्नु आवश्यक नरहेको बताउँदै बीमा गर्न नमाने पछि आफुले धेरै पटक धाउँदा पनि आफ्नो क्षेत्रमा सोचे जती बिमित बढाउन नसकिएको उनले बताए । इन्द्रसरोवर गाउँपालिका वडा नं ५ को लागि बीमा अभिकर्ताको रुपमा कार्यरत उनी आफ्नो क्षेत्रमा अन्यको तुलनामा कम बिमित हुनुमा आफ्नो कमजोरी नरहेको बताउँछिन । एउटै घरमा पटक पटक पुग्दा समेत एउटै कारण देखाएर बीमा गर्न नमाने पछि आफु ठकित भएको उनको भनाइ रहेको छ ।
सरकारी स्वास्थ्य सेवा संगै स्वास्थ्य बीमाको बारेमा मानिसमा राम्रो जानकारी नभएको कारण पनि बीमाले तिब्रता लिन नसकेको बीमा अभिकर्ता लामाको बुझाइ छ ।
स्वास्थ्य बीमा शाखा मकवानपुरका अनुसार आर्थिक बर्ष २०७४÷०७५ भित्रमा जम्मा जनसंख्याको २० प्रतिशत बीमा गरिसक्ने लक्ष्य राखिएको भए पनि लक्ष्य प्राप्त गर्न नसकिएको मकवानपुर जिल्लाका स्वास्थ्य बीमा दर्ता–अधिकारी शुष्मा आचार्यले बताइन ।
बीमामा आवद्ध हुनका लागि पारिवारिक इकाइका आधारमा अहिले पाँच जनाको परिवारले २५ सय रुपैयाँ तिरेमा ५० हजारसम्म उपचार सेवा पाउने व्यवस्था छ ।



https://www.thahatimes.com/public/images/users/Manjari-1565187464.jpg

मञ्जरी बलामी

munjarijee91@gmail.com

बलामी, थाहा टाइम्स डटकमका संवाददाता हुन् । उनी मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेर पत्रकारिता गरिरहेकी छिन् ।

Thaha-002-1774415222.gif