Thursday, 25th June, 2026
वि.स.

सबै सहमत : नाम भीमफेदी गाउँपालिका, केन्द्र पनि भीमफेदी

14938031_1131066796940546-1478401593.jpg

मकवानपुरको भैसे, निबुवाटार, भीमफेदी, कोगटे र इपा पञ्चकन्या गाविस गाभेर भीमफेदी गाउँपालिका बनाउन सबै सहमत भएका छन् । भीमफेदी गाविस ऐतिहासिक संरचनाको धरोहर भएको गाविस हो । कार्यक्रममा सहभागीहरुले गाउँपालिकाको नाम भीमफेदी गाउँपालिका र केन्द्र पनि भीमफेदीमा नै राख्न सहमत जनाए । भीमफेदी मकवानपुरको पुरानो सदरमुकाम पनि हो । 

भीमफेदीमा भएको कार्यक्रममा स्थानीय राजनौतिक दल, जन समुदाय, संघ संस्था तथा महिलाहरुको उपस्थितमा राज्य पुर्नसंरचना जिल्ला प्राविधिक समितिका नमराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रम भीमफेदी गाविस  सचिब बद्री सापकोटाको संचालन गरेका थिए ।

कार्यक्रममा मकवानपुर जिल्ला स्तरीय राजनैतिक दल प्रतीनिधिको रुपमा नेपाली कांग्रेस प्रतीनिधि रघु रमण न्योपाने, नेकपा एमाले प्रतीनिधि हिदम लामा, नेकपा माओबादी केन्द्र प्रतीनिधि प्रकाश पाण्डे, राप्रपा नेपाल प्रतीनिधि शिबराम थापा, नेकपा माले प्रतीनिधि सुरेन्द्र बिष्ट, नयाँ शक्ती प्रतिनिधि निबन्ध लामा, इलाका प्रहरी कार्यालय भीमफेदीका प्रहरी निरीक्षक बासुदेब थापा, पशुसेवा कार्यालय प्रमुख जनार्दन पोैडेल, भैसे गाविस सचिब शंकर थापा, कोगटे सचिव सिताराम रिमाल, इपा पञ्चकन्या गाविस सचिब पुरुषोत्तम राई, निबुवाटार गाविस सचिब माधब कंडेल उपस्थित रहेको थियो । 

स्थानीयहरुले आफूहरुले निर्णय गरेर पठाएको फेरबदल नगरी कार्यान्वयन हुनेमा विशवास व्यक्त गरेका छन् । 

-सुरेन्द्र थिंके/भीमफेदी