Tuesday, 18th August, 2026
वि.स.

सडक नाटकबाटै चेतना फैलाउँदै रेडक्रस मकवानपुर

नेपाल रेडक्रस सोसाइटी मकवानपुर शाखाको आयोजनामा मकवानपुरको उत्तरुी क्षेत्रका विभिन्न क्षेत्रमा सडक नाटक प्रदर्शन गरिएको छ । बालबालिकालाई लगाउनुपर्ने खोपको मात्र समयमै पूरा गर्नुपर्ने र यसले बालबालिकालाई पु¥याउने फाईदाको सावाल समेटिएको विषयमा सडक नाटक प्रदर्शन गरिएको हो ।

सडक नाटक मकवानपुरको नामटार गाविस तथा थाहानगरको दामन, पालुङ र बज्रवाराही देखायएको रेडक्रसका सामाजिक परिचालक नवीन कार्कीले जानकारी दिए । विश्व स्वयंसेवा दिवसको अवसरमा आयोजित सडक नाटकमा नेपाली हाँस्य ब्यङ्ग्य टेलीश्रृङखला मेरी बास्सै र खासखुसका कलाकारहरुले  अभिनय गरेका थिए । 

कार्यक्रममा नेपाल रेडक्रस मकवानपुर शाखाका अर्पणा पण्डित, सामाजिक परिचालक नबीन कार्की, स्वयंमसेवकहरु रुना खत्री र पवित्रा कार्कीको पनि उपस्थिती रहेको थियो । यस्तो सडक नाटक अब गोगाने, डाँडाखर्क र खैराङ गाविसमा पनि देखाइने सामाजिक परिचालक कार्कीले जानकारी दिए । 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif