Thursday, 3rd September, 2026
वि.स.

संक्रमण रोक्न स्वास्थ्यकर्मीलाई तालिम

 स्वास्थ्य संस्थाहरुमा हुने सरसफाइको कमीले विरामीहरुमा हुन सक्ने विभिन्न रोगहरुको संक्रमण रोक्न तालिम दिइएको छ । नेपाल रेडक्रस सोसाइटी मकवानपुरले जिल्लामा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रम अन्तर्गत थाहा नगरपालिकाका दामन, पालुङ, बज्रवाराही, कैलाश गाउँपालिकाको गोगने, डाँडाखर्क, नामटार र राक्सिराङ गाउँन्पालिकाको खैराङ स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीहरुलाई तालिम दिएको हो । स्वास्थ्य संस्थाका इन्चार्ज, प्रसुती सेवा हेर्ने स्वास्थ्य कर्मी र कार्यालय सहयोगीलाई सहभागी गराई ३ दिने तालिम प्रदान गरिएको रेडक्रसद्वारा सञ्चालित भूकम्प प्रतिकार्य कार्यक्रमका स्वास्थ्य अधिकृत अनुप खड्काले बताए । ‘खासगरी बर्थिङ सेन्टरमा सुत्केरी गराउन आएका महिला र नवजात शिशुलाई बर्थिङ सेन्टरमा हुने सरसफाइकै कमीले संक्रमण नहोस् भनेर तालिम संचालन गरिएको हो,’ उनले भने ।     रेडक्रसले २०७२ सालको विनासकारी भूकम्पबाट प्रभावित १४ वटै जिल्लामा भूकम्प प्रतिकार्य संचालन गरिरहेको छ । उक्त कार्यक्रम अन्तर्गत पहिलोपटक मकवानपुरको स्वास्थ्यकर्मीहरुलाई संक्रमण न्यूनीकरणका लागि क्षमता विकास तालिम दिइएको हो । 
स्वास्थ्य संस्थामा फोहोरमैलाको उचित व्यवस्थापन नहुँदा सुत्केरी महिला र नवजात शिशु, घाउखटिराका विरामी, स्वासप्रस्वासको विरामी तथा विभिन्न सरुवा रोगका विरामीहरुलाई छिटो संक्रमण हुन सक्ने स्वास्थ्य अधिकृत खड्काले बताए । 
विहीबारदेखि शनिबारसम्म संचालन भएको तालिममा सहभागीहरुलाई स्वास्थ्य अधिकृत, डा. रिनेश अधिकारी र डा. प्रशान्तराज भट्टले  सैद्धान्तिक तथा प्रयोगात्मक तालिम दिएका थिए । 
 यसअघि रेडक्रसले बर्थिङ सेन्टर तथा स्वास्थ्य क्लिनिकहरुमा विभिन्न उपकरणहरु सहयोगस्वरुप उपलब्ध गराएको थियो । 
 
 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०

Thaha-002-1774415222.gif