nakuhine-bastu-sankalan-1706086939.jpg
Friday, 17th May, 2024
वि.स.
1000043965-1707579226.jpg

विश्वकै दुर्लभ चरा दामनमा भेटियो

मकवानपुरको थाहानगर स्थित दामनमा ‘ग्रे साईडेड थ्रस’ नामको नयाँ चरा फेला परेको छ । यो विश्वमै दुर्लभ चरा हो ।  २४ सेन्टिमिटर लामो हुने उक्त चराको आँखीभौं सेतो तथा शरीरको कोखा तथा पेट खैरो हुन्छ  । नयाँ प्रमाणित भएको उक्त चराको नेपाली नामाकरण भइ सकेको छैन । 
‘प्रकृतिका साथीहरु’ नामक संस्थाका चरा संरक्षण अधिकृत सोम जिसीले गत पुसमा उक्त चरा देखेर तस्बिर खिचेका थिए । वरिष्ठ चराविद्हरु डा. हेम सागर बराल र क्यारोल इन्स्किप लगायतले उक्त चरा नयाँ प्रजाति हुन सक्ने सुझाएपछि प्रमाणीकरणका लागि राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभाग पठाइएको थियो ।  
‘विभागले उक्त चरा नेपालका लागि नयाँ भनेर प्रमाणित गरेको छ,ְ’ प्रकृतीका साथीहरु संस्थाका कार्यकारी निर्देशक राजु आचार्यले भने । चरा पहिचानका लागि विभागका इकोलोजिष्ट लक्ष्मण पौड्यालले विज्ञहरुसँग बैठक राखेर परामर्श गरेका थिए । यो समेत नेपालमा पाइने चरा प्रजातिको संख्या ८७९ पुगेको छ ।
नेपाललगायत उक्त चरा भारत, चीन, म्यानमार, लाओस र थाइल्याण्डमा अभिलेख गरिएको छ ।  (इ-कान्तिपुरबाट)