Thursday, 27th August, 2026
वि.स.

विपद व्यवस्थापनका लागि पानोरोमा रिसोर्टद्वारा थाहालाई एक लाख सहयोग

Panoramaaaa-1622728065.jpg

मकवानपुरकाे दामनमा रहेकाे एभरेष्ट पानोरोमा रिसोर्ट प्रा.लि.ले थाहानगरले  कोरोना रोकथाम तथा नियन्त्रणका लागि संचालन गरेकाे अभियानमा सहयोग गरेको छ । रिसोर्टले एक लाख रुपियाँ सहयोग गरेकाे हाे । कृषि विकास बैंकमा रहेको थाहा नगरपालिकाको खातामा रकम जम्मा गरेर सहयोग उपलब्होध गराएकाे नगरपालिकाले जनाएकाे छ । 

रिसोर्ट संचालक रबि चन्द्र हमालले थाहा नगरको दु:ख सुखमा आफ्नो पनि त्यत्तिकै दायित्व र कर्तव्य रहेको भन्दै विपदमा सहयोग दिएकाे प्रतिक्रिया दिए ।

विपद कोषमा प्राप्त रकमबाट नगरले कोरोना न्यूनिकरणका लागि सामग्री खरिद गर्ने नगर प्रमुख लवशेर विष्टले बताए । थाहानगरमा फैलिएको कोरोना न्यूनिकरणका लागि सहयोगी दाताहरुबाट सामग्रीहरु समेत वितरण हुँदै आएको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif