Tuesday, 18th August, 2026
वि.स.

लागु औषध सहित हेटौँडाबाट दुईजना पक्राउ

लागु औषध सहित हेटौँडाबाट दुईजनालाई पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले शंकास्पद रुपमा हिडिरहेको अवस्थामा लागु औषध नाईट्रोभेट ३३ ट्याब्लेट सहित उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा फिकल गाउँपालिका वडा नंबर ३ का वर्ष १८ को सुमन कार्की र तिनपाटन गाउँपालिका वडा नंबर ६ बस्ने वर्ष १८ को जितेन्द्र पुलामी मगरलाई रहेको प्रहरीले बताएको छ ।

पक्राउ परेका उनीहरुमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता दिलिपकुमार झाले बताए ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif