Wednesday, 19th August, 2026
वि.स.

रोनाल्डोले पानी पिएपछि कोकाकोलाको शेयर मूल्य ४ अर्बले घट्यो

ronaldo-1623836638.png

युरो कपको प्रि म्याच कन्फ्रेन्सका दौरान हंगेरीको बुडापेस्टमा मंगलबार पोर्चुगलका कप्तान रोनाल्डोले कोकाकोलाका दुईवटा बोतल हटाएर पानी पिए । संयोग पनि कस्तो १ यस घटनापछि कोकाकोलाको शेयर मूल्य ४ अर्ब डलरले घटेको छ ।

युरो कपमा रोनाल्डोले सुरुवाती खेलमै घरेलु टिम हंगेरीविरुद्ध दुई गोल गरेका छन् । यससँगै उनको अन्तर्राष्ट्रिय गोल संख्या १ सय ६ पुग्यो । सर्वाधिक धेरै अन्तर्राष्ट्रिय गोल गर्ने खेलाडीको सूचीमा उनी इरानका देई अलीभन्दा केवल ३ गोलले पछि छन् । 

पोर्चुगलका कप्तान स्वास्थको निकै ख्याल गर्छन् र उनी जंक फुड तथा कार्बोनेटेड सफ्ट ड्रिक्ंस्बाटै टाढै रहन्छन् ।  युरो कपका अधिकारी प्रायोजक मध्येको एक कोकाकोलाले रोनाल्डोको कदमको जवाफ दिँदै मंगलबार विज्ञप्ति नै जारी गरेको छ । जहाँ, लेखिएको छ, ‘फरक आवश्यकता र स्वादका आफुले चाहेको पेप पदार्थ पिउन जो कोही स्वतन्त्र छन् ।’

यस घटनापछि कोकाकोलाको मार्केट भ्यालु २ सय ४२ अर्बबाट अमेरिकी डलरबाट घटेर ३ सय ३८ अर्ब डलरमा झरेको छ । 



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif