Friday, 28th August, 2026
वि.स.

मुख्यमन्त्री पौडेलले भने-फरक मत र असन्तुष्टिलाई सम्मान गर्नुपर्दछ

RRA-1611152468.jpg

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले फरक मत, असहमति वा असन्तुष्टिलाई सम्मान गरिने बताएका छन् । प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उनले केही अन्योल र तीव्र धु्रवीकरणबीच सदनमा उपस्थित भइरहँदा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमको सन्दर्भमा आआफ्नै खाले बुझाई एवं दृष्टिकोण रहेको उल्लेख गरे।

पौडेलले एकातिर जनताको असिम अपेक्षा, अर्कोतिर आफ्नै राजनीतिक, प्रशासनिक, ऐन कानून एवं स्रोत र साधनको सीमितताका बीचमा प्रदेश सरकार अघि बढेको उल्लेख गरे ।

उनले शून्य अवस्थाबाट प्रदेश सरकार गठन भएको तीन वर्ष पुग्दै गर्दा सरकारले गरेका काम देखिन थालेको बताए । उनले सबैले इमान्दारीपूर्वक लागि पर्दै गर्दा सकारात्मक परिणाम पनि आएको बताए ।

‘त्यसो त कतिपय सदस्यले देखिन थालेका परिवर्तनप्रति संशय व्यक्त गर्नुभएको छ, अपेक्षा र यथार्थताको बीचको फरकपनलाई हामी कसरी हेर्दछौँ, कसरी बुझ्दछौँ, त्यो हाम्रो दृष्टिकोणको सन्दर्भसँग जोडिएको हुन सक्दछन्, हाम्रो राजनीतिक मूल्यका प्रश्नसँग गाँसिएका पनि हुन सक्दछन्”, पौडेलले भने ।



https://www.thahatimes.com/public/images/users/thahatimes-logo-178575103-1785756962.png

थाहा टाइम्स

thahatimes@gmail.com

सकेसम्म रोजगारीका लागि विदेश नजाऔं । जानै परे सीप सिकेर र सही सूचना लिएर मात्र जाऔं । श्रम, रोजगार, सीप तथा उद्यमशीलतासम्बन्धी सूचना, समाचार र विज्ञापनका लागि www.thahatimes.com लग अन गर्नुहोस् । ९७०५०७८९१०







Thaha-002-1774415222.gif